सिटीलाई यूइएफए कप च्याम्पियनको उपाधि

हिमाल प्रेस ३२ साउन २०८० ७:१० | Thursday, August 17, 2023
सिटीलाई यूइएफए कप च्याम्पियनको उपाधि

काठमाडौँ- इंग्लिस क्लब म्यानचेस्टर सिटीले स्पेनिस क्लब सेभियालाई पराजित गर्दै यूइएफए सुपर कप च्याम्पियन बनेको छ।

ग्रीसको एथेन्समा बुधबार राति भएको खेलमा टाइब्रेकरमा स्पेनिस क्लब सेभियालाई ५–४ ले स्तब्ध पार्दै सिटीले सिजनको पहिलो उपाधि जित्न सफल भएको हो।

निर्धारित समयमा १–१ गोलको बराबरी भएको थियो। निर्धारित समयको खेल बराबरीमा टुंगिए पछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।

टाइब्रेकरमा सिटीका एर्लिङ हालान्ड, जुलियन अल्भारेज, माटियो कोभासिस, ज्याक ग्रेलिस र केल वाल्करले गोल गर्न सफल भए।

सेभियाका नेमान्जा गुडेल्जले अन्तिम प्रहारमा गोल गर्न सकेनन्। लुकास ओकम्पास, राफा मिर, इभान राकिटिच र गोन्जालो मोन्टेलले गोल गर्न सफल भए।

त्यसअघि यूसूफ एन न्यास्रीको गोलबाट सेभियाले खेलको २५औं मिनेटमा अग्रता लिन सफल भएको थियो।

एक गोलले पछि परेको सिटीले ६३औं मिनेटमा बराबरी गोल फर्काउन सफल भयो।

यूइएफए सुपर कप यूइएफए च्याम्पियन्स लिग विजेता र यूइएफए युरोपा लिग च्याम्पियनबीच हरेक वर्ष हुने गर्दछ।

सिटी च्याम्पियन्स लिगको तथा सेभिया युरोपा लिगको च्याम्पियन हो। सिटी प्रिमियर लिग र एफए कप च्याम्पियन हो।

प्रकाशित: ३२ साउन २०८० ७:१० | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast