साहित्य महोत्सव गरेर बीपी जयन्ती मनाउँदै कांग्रेस

हिमाल प्रेस ११ भदौ २०८० १५:०२ | Monday, August 28, 2023
साहित्य महोत्सव गरेर बीपी जयन्ती मनाउँदै कांग्रेस

काठमाडौँ– नेपाली कांग्रेसले यस वर्ष साहित्य महोत्सव गरेर बीपी कोइरालाको जन्मजन्यती मनाउने भएको छ। पार्टीले सोमबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो। भदौ २४ गतेदेखि तीन दिनसम्म चल्ने महोत्सवको संयोजन भने नेपाली लेखक संघले गर्नेछ।

महोसत्वको पहिलो दिन बीपीका सम्बन्धमा विभिन्न विज्ञहरूले सम्भाषण गर्नेछन्। त्यसपछि मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्टर्न, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेश, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी, समावेशिता, सामाजिक रूपान्तरण र बीपी, युवा स्रष्टामा बीपी पठन र परिवारले बुझेका बीपीका सन्दर्भमा विभिन्न सत्रहरू सञ्चालन हुनेछ।

सोही अवसरमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनी गरिने नेपाली कांग्रेसले जनाएको छ।

कांग्रेसले यस्तो महोत्सव पहिलोपटक आयोजना गर्न लागेको हो। कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवं सहजकर्ता तथा कार्यतालिका चाँडै सार्वजनिक गरिने पत्रकार सम्मेलनमा सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

१९७१ साल भदौ २४ गते जन्मिएका बीपी कोइराला नेपाली कांग्रेसका संस्थापक नेता हुन्। उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री पनि हुन्। नेपाली कांग्रेसले गत केन्द्रीय कार्यसमितिको बैठकबाट पारित गरेको कार्यतालिकाअनुसार बीपी महोत्सव गर्न लागिएको हो। कोइराला नेपाली आख्यानमा यौन मनोविज्ञान भित्र्याउने साहित्यकारका रूपमा चर्चित छन्।

प्रकाशित: ११ भदौ २०८० १५:०२ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast