सांसद शर्मा पक्राउ परेपछि कांग्रेस सभापति देउवा पुगे बालुवाटार

हिमाल प्रेस २५ साउन २०८० १९:३६ | Thursday, August 10, 2023
सांसद शर्मा पक्राउ परेपछि कांग्रेस सभापति देउवा पुगे बालुवाटार

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगेका छन्। आफ्ना पार्टीका सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेपछि देउवा प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन्।

त्यसअघि देउवाले पार्टीका केही नेताहरूसँग शर्मा पक्राउ परेको विषयमा छलफल गरेका थिए। प्रहरीले शर्मालाई आज (बिहीबार) आफ्नै निवास मण्डिखाटारबाट पक्राउ गरेको थियो।

कांग्रेसले पक्राउबारे प्रधानमन्त्रीसँग सभापतिले छलफल गरेपछि यसबारे पार्टीको धारणा सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।

‘सुनिल शर्मालाई पक्राउ गरेको बारेमा हामीलाई भर्खर जानकारी भएको छ। के कारणले, किन उहाँलाई पक्राउ गरेको भन्ने बारेमा जानकारी लिइरहेका छौँ,’  कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने , ‘त्यसपछि के का लागि र किन पक्राउ गरेको भन्नेकुरा थाहा पाएपछि यसबारेमा आफ्नो धारणा सार्वजनिक गर्नेछौँ।’

प्रकाशित: २५ साउन २०८० १९:३६ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast