सय किलो सुन प्रकरणबारे कांग्रेस : छानबिनका लागि छुट्टै समिति चाहिँदैन

हिमाल प्रेस २९ साउन २०८० १५:५७ | Monday, August 14, 2023
सय किलो सुन प्रकरणबारे कांग्रेस : छानबिनका लागि छुट्टै समिति चाहिँदैन रमेश लेखक

काडमाडौँ- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले साउन ३ गते बरामद भएको सय किलो सुन प्रकरणको छानबिनका लागि अहिले नै अर्को समिति नचाहिने निष्कर्ष निकालेको छ।

तीन दिनसम्म बसेको संसदीय दलको बैठकका निष्कर्ष सुनाउँदै सोमबार प्रमुख सचेतक रमेश लेखले यसबारे जानकारी दिएका हुन्।

‘त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनबारे कांग्रेस गम्भीर भएको छ। अवैधरुपमा सुन बाहिरिनु चिन्ताजनक छ। यस्ता गैरकानुननी कार्य पूर्णरुपले निष्तेज र नियन्त्रण हुनुपर्छ’, उनले भने, ‘यस्ता प्रकृतिको छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो लगायतले छानबिन गरिरहेका छन्। कांग्रेसले यस घटनाको गहिराइमा गएर अनुसन्धान गर्न आग्रह गरेको छ।’

लेखकले अहिले नै कांग्रेस सुन प्रकरणका लागि उच्चस्तरीय समिति चाहिन्छ भन्ने पक्षमा पुगिनसकेको बताए।

‘हामीले सरकारलाई यो विषयमा सत्य तथ्य छानबिनका लागि स्वतन्त्र निष्पक्ष र गहिराइमा गई अभियोजन गर्न भनेका छौँ’, उनले भने, ‘अहिलेका लागि सीआईबीले छानबिन गरिरहेको छ। यसलाई पारदर्शी र निष्पक्ष बनाउनुपर्छ। अहिले नै अर्को समितितिर जानु पर्छ भन्ने पक्षमा कांग्रेस छैन।’

प्रकाशित: २९ साउन २०८० १५:५७ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast