समान व्यवहार माग गर्दै ट्याक्सी प्रदर्शन [तस्बिरहरू]

दिपेश श्रेष्ठ २५ साउन २०८० १२:२८ | Thursday, August 10, 2023
समान व्यवहार माग गर्दै ट्याक्सी प्रदर्शन [तस्बिरहरू]

काठमाडौँ- सबै नम्बर प्लेटका सवारीलाई समान व्यवहार गर्नुपर्ने माग राख्दै ट्याक्सी व्यवसायीले बिहीबार राजधानीमा प्रदर्शन गरेका छन्।  निजी प्रयोजनका गाडी भाडामा लगाउन बन्द गर्नुपर्ने, ट्याक्सी स्ट्यान्ड व्यवस्था गर्नुपर्ने, चालकमाथि हुने गरेका दुर्व्यवहार रोक्नुपर्ने जस्ता माग राख्दै व्यवसायीले ट्याक्सी प्रदर्शन गरेका हुन्।

नेपाल राष्ट्रिय मिटर व्यवसायी ट्याक्सी चालक संघको आयोजनामा बानेश्वरस्थित यातायात विभाग अगाडि उनीहरूले प्रदर्शन गर्दा सडक अवरुद्ध भएको थियो। व्यवसायीले करिब ३०० ट्याक्सी रोकेर विभिन्न मागसहित प्रदर्शन गरेका थिए।

अंग्रेजीमा लेखिएको इम्बास्ड नम्बर प्लेट खारेज गर्नुपर्ने, नेपाली अंकसहितको जीपीएस नम्बर कायम गर्नुपर्ने, राइडर एप्स खारेज गर्नुपर्ने, सम्पूर्ण गाडीको भन्सार छुट गरी यातायात सञ्चालन गर्नुपर्ने, सेतो, पहेँलो, हरियो, नीलो, रातो र कालो नम्बर प्लेट भएका गाडीलाई समान व्यवहार गर्नुपर्ने माग व्यवसायीको छ।

     

प्रकाशित: २५ साउन २०८० १२:२८ | Thursday, August 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast