असार २३ गते बसेको समाजवादी मोर्चाको बैठक।
काठमाडौँ- समाजवादी मोर्चाको बैठक आज (आइतबार) बस्ने भएको छ। चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आइतबार साँझका लागि तय गरिएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।
उनका अनुसार एकीकृत समाजवादीकै पार्टी कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो। यसअघि डाकिएको मोर्चाको बैठक स्थगित भएको थियो।
प्रकाशित: ३ भदौ २०८० ९:३३ | Sunday, August 20, 2023
प्रतिक्रिया




