समाजवादी मोर्चाको बैठक आइतबार बस्ने

हिमाल प्रेस २ भदौ २०८० १८:२९ | Saturday, August 19, 2023
समाजवादी मोर्चाको बैठक आइतबार बस्ने फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धनमा रहेका चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आइतबार बस्ने भएको छ। लामो समयपछि मोर्चाको बैठक नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा साँझ ६ बजे बस्ने नेकपा समाजवादीका प्रवक्त जगन्नाथ खतिवडाले जानकारी दिए।

शनिबार पार्टी कार्यालय तीनकुनेमा बसेको नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा समाजवादी मोर्चाका बारेमा छलफलसमेत भएको उनको भनाइ छ। बैठकमा आइतबारबाट सुरु हुने पार्टीको पोलिट्व्युरो बैठकको एजेण्डाका बारेमा छलफल गरिएको थियो।

भाद्र ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको केन्द्रीय कमिटीको तयारीका बारेमा केन्द्रित रहेर पोलिटब्युरो बैठकमा छलफल हुने खतिवडाको भनाइ छ।

प्रकाशित: २ भदौ २०८० १८:२९ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast