सभामुख र संसदीय समितिका सभापतिबीच छलफल

हिमाल प्रेस १३ भदौ २०८० १२:०८ | Wednesday, August 30, 2023
सभामुख र संसदीय समितिका सभापतिबीच छलफल फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरे र संसदीय समितिका सभापतिहरूबीच छलफल सुरु भएको छ।

बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरुबीच छलफल सुरु भएको हो।

बैठकमा समितिका कामकारबाहीका विषयमा छलफल हुनुका साटै समितिमा विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल हुने बताइएको छ। भदौ ११ गते प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापतिहरू सर्वसम्मत रूपमा चयन भएका थिए।

जसअन्तर्गत सार्वजनिक लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, पूर्वाधार विकास समिति सभापतिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंह छन्।

अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा नेपाली काँग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा नेपाली कांग्रेसकी डा.आरजु राणा देउवा र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान छन्।

त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टीका राजकिशोर यादव, कानुन, न्याय तथा मानवअधिकार समितिमा नेकपा माओवादी केन्द्रकी विमला सुवेदी, महिला तथा सामाजिक मामिला समितिमा एमालेका किरणकुमार साह छन्।

सभापतिसँगको सभामुखको छलफलमा नेकपा एकीकृत समाजवादीका शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति जनता समाजवादी पार्टीका राजकिशोर यादव भने उपस्थित भएका छैनन्।

प्रकाशित: १३ भदौ २०८० १२:०८ | Wednesday, August 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast