सन्दीप लामिछानेविरुद्धको मुद्दा : ‘गौशाला २६’ की आमाको जन्म मिति प्रमाणित गर्न आदेश

हिमाल प्रेस ३२ साउन २०८० १५:४० | Thursday, August 17, 2023
सन्दीप लामिछानेविरुद्धको मुद्दा : ‘गौशाला २६’ की आमाको जन्म मिति प्रमाणित गर्न आदेश फाइल तस्बिर

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कारको मुद्दाको अन्तिम सुनुवाइ आज बिहीबार पनि भएन। जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजुकुमार खतिवडाको इजलास पीडित भनिएकी किशोरी’गौशाला २६’की आमाको जन्म मिति प्रमाणित गर्न आदेश दिएसँगै आज पनि अन्तिम सुनुवाइ नभएको हो।

पीडित किशोरीले आफ्नी आमाको जन्म मिति दुई फरक कागजमा फरक/फरक उल्लेख गरेपछि न्यायाधीश खतिवडाले त्यसलाई प्रमाणित गरेर पेस गर्न आदेश दिएका हुन्।

यो प्रकरणमा पीडित किशोरीको नाम ‘गौशाला २६’ दिइएको छ। किशोरीले आफ्नी आमाको जन्म मिति एउटा कागजमा २०३३ र अर्को कागजमा २०५३ साल उल्लेख गरेकी छन्।

२०५३ सालको जन्ममिति भएको अवस्थामा नाबालिग रहेकै बेला पीडित भनिएकी बालिकाको जन्म भएको देखिएपछि आमाको जन्ममिति प्रमाणित गर्ने आदेश दिइएको हो।

लामिछाने विश्वकप छनोटका लागि जिम्बावे गएयता यो मुद्दाको सुनुवाइ हुन सकेको थिएन। आज बिहीबार पेसी चढेको उक्त मुद्दाको सुनुवाइ अब निरन्तर हुने बताए पनि किशोरीकी आमाकै जन्म मिति प्रमाणित गर्न आदेश दिएरै सकियो। अर्को सुनुवाइ कहिले हुने पेसी तोकिएको छैन।

लामिछाने भने एसिया कपको तयारीमा छन्। एसिया कप भदौ १३ गते हुँदैछ।

प्रकाशित: ३२ साउन २०८० १५:४० | Thursday, August 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast