सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

हिमाल प्रेस १० भदौ २०८० १६:०७ | Sunday, August 27, 2023
सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्न नभ्याइनेमा सन्दीप लामिछाने

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको छ। आज आइतबार न्यायाधीश प्रकाशकुमार पण्डितको इजलासमा सुनुवाइ परे पनि मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

मुद्दा आज जिल्ला अदालत काठमाडौँको पेसीको पाचौँ नम्बरमा थियो। तर न्यायाधीशले समय अभाव देखाउँदै हेर्न नभ्याइनेमा राखे। नाबालिग बलात्कार मुद्दा खेपिरहेका लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी भदौ २१ गते तोकिएको छ।

यसअघि सन्दीपको मुद्दाको पेसी गत साउन मसान्तमा तोकिएको थियो। तर उक्त दिन पीडित किशोरीकी आमाको जन्ममिति फरक-फरक परेको भन्दै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित किशोरीको आमाको जन्ममिति प्रमाणित गर्न आदेश दिएको थियो।

१८ वर्षभन्दा कम उमेरकी किशोरीसँग करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियाे। लामिछाने बुधबारदेखि हुने एसिया कप क्रिकेटका लागि नेपाली टिममा समावेश छन्।

मुद्दाको फैसला नभएसँगै सन्दीप एसिया कप खेल्न  भोलि पाकिस्तान जाने सम्भावना छ।

प्रकाशित: १० भदौ २०८० १६:०७ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast