सदनमा हुँदा विघटन गर्ने र प्रतिपक्षमा हुँदा अवरोध गर्ने एमाले गतिविधि राम्रो छैन : लेखक

हिमाल प्रेस ३१ साउन २०८० २१:३१ | Wednesday, August 16, 2023
सदनमा हुँदा विघटन गर्ने र प्रतिपक्षमा हुँदा अवरोध गर्ने एमाले गतिविधि राम्रो छैन : लेखक

महेन्द्रनगर- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले महिनाैसम्म संसद् चल्न नदिँदा व्यवस्थाप्रति वितृष्णा पैदा हुनसक्नेतर्फ प्रमुख प्रतिपक्षी दललाई सचेत गराएका छन्।

कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजित कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ को प्रथम प्रदेशस्तरीय सम्मेलनमा प्रमुख सचेतक लेखकले प्रतिपक्षी दल नेकपा (एमाले)लाई जिम्मेवार भएर मुलुकलाई निकास दिन आग्रह गरे। ‘संसद् खुलाउने विषयमा शीर्ष तहदेखि विभिन्न तहमा वार्ता र संवाद हुँदासमेत संसद्को अवरोध हटाउनेतर्फ प्रतिपक्षी गैरजिम्मेवार भयो,’ नेता लेखकले भने, ‘साउन सकिन लाग्दासम्म संसद् सञ्चालन नहुनुले मुलुकलाई क्षति पुग्ने अवस्था छ।’

उनले संसद् खुलाउन सबैतिर सबैसित वार्ता र संवाद गरिएको बताउँदै संसद् जनताको हितका निम्ति काम गर्ने ठाउँ भएकामा जोड दिए। ‘लामो समयसम्म संसद्को अवरोधले सरकारले काम गर्न सक्दैन,’ लेखकले भने, ‘कुनै पनि प्रतिपक्षी दलले आफूलाई ठिक नलागेको कुरा ओलोचनात्मकरूपमा राख्न आग्रह गर्दछु।’

सदनमा हुँदा विघटन गर्ने र प्रतिपक्षमा हुँदा अवरोध गर्ने एमालेको गतिविधि राम्रो नभएको लेखकको भनाइ छ। त्यसैगरी उनले मुलुक एउटा विशिष्ट राजनीतिक अवस्थामा रहेको बताए। रासस

प्रकाशित: ३१ साउन २०८० २१:३१ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast