संसद् हाइज्याक भयो : रवि लामिछाने

हिमाल प्रेस २९ साउन २०८० १६:०८ | Monday, August 14, 2023
संसद् हाइज्याक भयो : रवि लामिछाने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले संसद् ‘हाइज्याक’ भएको बताएका छन्। आज सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले रास्वपालाई बोल्नका लागि समय नदिएपछि लामिछानेले यस्तो टिप्पणी गरेका हुन्।

उच्चस्तरीय छानबिन समिति गठन गरी सुन तस्करी प्रकरणलाई टुंगोमा पुर्‍याउनुपर्ने माग राख्दै एमालेले लगातार संसद् अवरुद्ध गर्दै आइरहेको छ। सोमबारको बैठक पनि एमालेले अवरोध गरेसँगै स्थगित भयो। लामिछानेले बोल्नका लागि सभामुखसँग समय मागेका थिए। तर सभामुखले समय दिएनन्।

बैठक स्थगित भएपछि लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘संसद हाइज्याक भयाे।’ रास्वपा सांसद विराजभक्त श्रेष्ठले पनि संसद्‌मा प्रतिपक्षलाई बाेल्न नदिएर विभेद गरिएको बताए।

प्रकाशित: २९ साउन २०८० १६:०८ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast