संसद् खुलाउने बारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २६ साउन २०८० ६:१४ | Friday, August 11, 2023
संसद् खुलाउने बारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवन लोत्से हलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो।

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई अगाडि बढाउने, नयाँ विधेयक प्रस्तुत गर्ने लगायतबार छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

डेंगु रोगको रोकथाम, आँखा पाक्ने रोगको उपचार र पशुपक्षीमा लाग्ने लम्की रोगको उपचार,बारेमा सरकारको ध्यानाकर्षण गराउने प्रमुख सचेतक लेखकले बताए।

बैठकमा छलफल गर्ने एजेण्डाबारे छलफल गर्न बिहीबार दिउँसो कांग्रेस संसदीय दलको कार्यसमिति बैठक बसेको थियो।

प्रकाशित: २६ साउन २०८० ६:१४ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast