संसद् अवरोध अन्त्य गर्न ओलीलाई राष्ट्रपति पौडेलको आग्रह

हिमाल प्रेस ३१ साउन २०८० १५:०८ | Wednesday, August 16, 2023
संसद् अवरोध अन्त्य गर्न ओलीलाई राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले भेटवार्ता गरेका छन्। राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा समसामयिक राजनीति र संसद्का गतिरोधबारे छलफल भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

उनले भेटमा राष्ट्रपति पौडेलले लामो समय संसद् चल्न नसक्दा जनतामा नैराश्यता बढ्ने र संसदप्रति नै नकारात्मक प्रभाव पर्ने भएकाले गतिरोध अन्त्य गर्न ध्यानाकर्षण गराएका छन्।

पौडेलले सत्ता र प्रतिपक्षलगायत संसद्‍का सबै दलहरूलाई विश्वासको वातावरण बनाएर अघि बढ्न सुझाव पनि दिएका छन्। प्रमुख प्रतिपक्षी दलका नेता ओलीले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए।

गत साउन १० गतेदेखि अवरुद्ध भइरहेको संसद्‍ खुल्न नसक्दा कयौँ विधेयक अलपत्र छन्। संसद् खुलाउनेबारेमा बुधबार मात्रै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरूको बैठक बसेको थियो।

यसअघि साउन २६ मा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले संसद्‍‍को गतिरोध खुलाउने पहलका लागि राष्ट्रपतिसँग सहयोग मागेका थिए।

 

प्रकाशित: ३१ साउन २०८० १५:०८ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast