प्रधानमन्त्री एवम् माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड' (बीचमा) सँग कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा (बायाँ) र एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओली। फाइल तस्बिर
काठमाडौँ- संसद्को प्रतिरोध हटाउन आज (मंगलबार) पनि तीन दलका शीर्ष नेता छलफलमा जुट्ने भएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार गर्दै आएको संसद् प्रतिरोध हटाउन शीर्ष नेताको बैठक बस्न लागेको हो। आज दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको छ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासमा हुने छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहा ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी हुनेछन् ।
अहिले सिंहरदरबारमा सभामुखसहित दलका सचेतकहरूबीच छलफल चलिरहेको छ।
प्रकाशित: २४ साउन २०८० ११:२०
प्रतिक्रिया



