संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना पेस 

हिमाल प्रेस ४ भदौ २०८० १३:१२ | Monday, August 21, 2023
संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना पेस  संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा आफ्नो कार्ययोजना पेस गर्दै प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- प्रधानन्यायाधीशमा प्रस्तावित विश्वम्भरप्रसाद श्रेष्ठले आफ्नो भावी कार्ययोजना प्रस्तुत गरेका छन्। श्रेष्ठले संसदीय सुनुवाइ समितिको सोमबारको बैठकमा कार्ययोजना प्रस्तुत गरेका हुन्।

श्रेष्ठले नेपालको संविधानबमोजिम स्वच्छ, निष्पक्ष, छिटोछरितो एवम् गुणस्तरीय न्याय सम्पादन गरी सबैका लागि न्याय सुनिश्चित गर्नु आफ्नो प्रमुख जिम्मेवारी रहेको स्पष्ट पारेका छन्।

उनले भनेका छन्, ‘संविधानको धारा १३६ बमोजिम न्याय प्रशासनलाई प्रभावकारी बनाउने प्रधान न्यायाधीशको अन्तिम जिम्मेवारीप्रति पनि त्यत्तिकै सजग र संवेदनशील छु।’ यस्तै उनले कार्ययोजनाको प्रभावकारी कार्यान्वयनबाट न्यायिक सुशासन र न्यायपालिकाप्रतिको आस्था एवम् विश्वास अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छन्।

‘न्यायिक सुधारका सम्बन्धमा उपर्युक्तबमोजिम मैले प्रस्तुत गरेको अवधारणा र कार्ययोजनाको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकार, संघीय संसद्लगायत सम्बद्ध निकायबाट आवश्यक सहयोग र समर्थन प्राप्त हुने छ भन्ने मेरो पूर्ण विश्वास छ।

प्रकाशित: ४ भदौ २०८० १३:१२ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast