संखुवासभा कारागारका दुई कैदी मृत्यु प्रकरण : असईसहित १० जना प्रहरी पक्राउ

हिमाल प्रेस २६ साउन २०८० ८:४३ | Friday, August 11, 2023
संखुवासभा कारागारका दुई कैदी मृत्यु प्रकरण : असईसहित १० जना प्रहरी पक्राउ

काठमाडौँ- संखुवासभा कारागारमा दुई जना कैदीको संकास्पद मृत्यु भएपछि अनुसन्धानका लागि १० जना प्रहरी नै पक्राउ परेका छन्। पक्राउ पर्नेमा असईसहित १० जना प्रहरी छन्।

संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका ७ का २८ वर्षीय आकाश बलामी जेलभित्रै मृत्यु भएको थियो। उनीहरूको कुटपिटबाट मृत्यु भएको प्रारम्भीक निष्कर्ष प्रहरीको छ।

पक्राउ परेकाहरू कारागार सुरक्षामा खटिएकाहरू हुन्। यो घटनाको अनुसन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट प्रहरी उपरीक्षक ऋषिराम कँडेल नेतृत्वमा अनुसन्धान टोली खटिएको छ।

कँडेल नेतृत्वको अनुसन्धान टोलीमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायब निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन्।उक्त टोली बिहीबार संखुवासभा पुगेर अनुसन्धान सुरु गरिसकेको छ।

कारागारमा भएको सीसीटीभीको भिडियोमा पक्राउ परेका प्रहरीले कैदीमाथि हातपात गरेको देखिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ साउन २०८० ८:४३ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast