श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानद्वारा १०० विद्यार्थीलाई शैक्षिक सहयोग

हिमाल प्रेस २७ साउन २०८० १५:४१ | Saturday, August 12, 2023
श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानद्वारा १०० विद्यार्थीलाई शैक्षिक सहयोग

भक्तपुर- श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले भक्तपुरको बालकोटमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाली कांग्रेसका पूर्वनेता तथा शिक्षासेवी कार्कीको १६ औँ स्मृति दिवसका अवसरमा प्रतिष्ठानले खुला रक्तदान एवम् छात्रछात्रलाई स्टेसनरी सामग्री वितरण कार्यक्रम आयोजना गरेको हो।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्यदय दुर्लभ थापा र रमा पौडेल, मध्यपुर नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिका मेयर जीवन खत्री, सूर्यविनायक नगरपालिका–२ का अध्यक्ष प्रदीप कार्कीलगायतको उपस्थिति थियो।

कार्कीको तस्बिरमा माल्र्यापण गर्दै महामन्त्री थापाले कार्कीले शैक्षिक र राजनीतिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए। वडा अध्यक्ष प्रदीप कार्कीलगायतले श्यामबहादुर कार्कीको समाजप्रतिको योगदानलाई स्मरण गरेका थिए।

कार्यक्रममा ११० जनाले रक्तदान गरेका थिए। गणेश आधारभूत विद्यालय बालकोटका १०० जना बालबालिकालाई झोला एवं स्टेसनरी सामान वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए।

अध्यक्ष कार्कीले रक्तदाताहरुलाई विशेष धन्यवाद दिँदै आगामी दिन प्रतिष्ठानले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्दै जाने बताए। रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा बालकोट उपशाखाको प्राविधिक सहयोगमा सञ्चालन भएको हो।

प्रकाशित: २७ साउन २०८० १५:४१ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast