 
                             
                                            काठमाडौँ- निजी विद्यालय सञ्चालकले शिक्षासम्बन्धी विधेयकको विरोध गर्दै आन्दोलन घोषणा गरेका छन्। निजी लगानीका विद्यालयलाई निरुत्साहित गर्नेगरी विधेयक आएको भन्दै विद्यालय सञ्चालकले आन्दोलन घोषणा गरेका हुन्।
मंगलबार नेसनल प्याब्सन, हिसान र प्याब्सनले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै विद्यालय क्षेत्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै आन्दोलन घोषणा गरेका हुन्।
उक्त विधेयकले कम्पनीमार्फत सञ्चालित विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने उनीहरूले बताएका छन्।
शैक्षिक संस्थाहरूलाई व्यवस्थित, मर्यादित र लगानीको सुरक्षाबारे आवाज उठाउँदै आए पनि सुझावहरूलाई वेवास्ता गरी विधेयक अघि बढाउनु अन्त्यन्दै दुखद भएको हिसानका अध्यक्ष रमेश सिलवालले बताए।
शिक्षा क्षेत्रका लागि ल्याइएको ऐनका विषयमा यस क्षेत्रसँग सम्बन्धित निकायहरूसँग पनि छलफल नगरेको आरोप उनले लगाए। उनीहरूले बुधबार सम्बन्धित निकायमा ज्ञापनपत्र बुझाउने, साउन २५ गते माइतीघर मण्डलामा मस्यौदाको विरोध प्रदर्शन गर्ने, २६ गते अन्तरक्रिया गर्ने, २७ गते समीक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालीन विद्यालय बन्द गर्नेगरी आन्दोलनका कार्यक्रम घोषणा छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
 