 
                             
                                            काठमाडौँ- वैदेशिक रोजगार विभागको ‘अनलाइन’ सेवा अवरुद्ध भएको छ।
विभागको ‘एफईआईएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए।
उनका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म चालु हुनेछ। सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो।
अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ। यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उनले बताए।
                            प्रकाशित: २४ साउन  २०८० १२:२६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 