विश्वज्योतिमा ‘महानगर’को विशेष सो

हिमाल प्रेस ७ भदौ २०८० १३:२८ | Thursday, August 24, 2023
विश्वज्योतिमा ‘महानगर’को विशेष सो

काठमाडौँ- भोलि शुक्रबार (भदौ ८) मा नेपाली फिल्म ‘महानगर’ को विशेष प्रदर्शन हुने भएको छ। सामाजिक सञ्जालमा सक्रिय फिल्मप्रेमीको समूह ‘मुभी लभर्स’को आयोजनामा विशेष सो भइरहेको हो। काठमाडौँ, जमलस्थित विश्वज्योति सिनेप्लेक्समा बेलुका सवा ५ बजे फिल्म देखाइनेछ।

मोहन राईको निर्देशन रहेको फिल्म भोलि देशभरमा प्रदर्शनमा आउनेछ। मेनुका प्रधान र कार्म मुख्य भूमिकामा रहेको फिल्म थुप्रै फिल्म महोत्सवमा रुचाइएको छ। २६ औँ कोलकाता फिल्म फेस्टिभलमा प्रिमियर भएको फिल्म बु्रकलिन फिल्म फेस्टिभलमा पनि प्रदर्शित भएको थियो।

फिल्ममा ‘महानगर’ ९वान नाइट इन काठमाडौँ० एक रातको कथामा आधारित छ। फिल्ममा महानगर भित्रिनेको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गरिएको छ। सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक रातले ल्याएको परिवर्तनलाई फिल्ममा उतारिएको छ। विशेष सोमा सहभागी हुनेहरूले फिल्मका कलाकार र निर्माण टोलीसँग भेट्न र अन्तरक्रिया गर्ने अवसर पाउनेछन्।

प्रकाशित: ७ भदौ २०८० १३:२८ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast