विवेकशील साझाले शनिबार बागमती प्रदेश अधिवेशन गर्ने

हिमाल प्रेस ७ भदौ २०८० २०:३४ | Thursday, August 24, 2023
विवेकशील साझाले शनिबार बागमती प्रदेश अधिवेशन गर्ने

भक्तपुर- विवेकशील साझा पार्टीले शनिबार बागमती प्रदेश अधिवेशन गर्ने भएको छ। पार्टीका केन्द्रीय सदस्य सुरज प्रधानले विवेकशील साझा पार्टीले शनिबार अधिवेशन गर्ने बताए।

उनले विवेकशील साझा पार्टी आगामी दिनमा युवाहरूलाई खाडी पठाउन नपर्ने गरी एक विस्तृत (देश बनाउने ब्लुप्रिन्ट) कार्यक्रम लिएर जनसमक्ष प्रस्तुत हुने लक्ष्य लिएर अगाडि बढ्ने पनि बताए। ‘पार्टीले विगतमा केही वैचारिक स्खलन बेहोर्न परे पनि अहिले पार्टीमा त्यस्तो कुनै अवस्था नभएकाले पार्टीलाई बिगार्न आएकाहरू विफल भइसकेका छन्,’ उनले भने।

उनले पार्टी अहिले समीक्षा बास्कोटाको सक्षम नेतृत्वमा अगाडि बढिरहेको पनि दाबी गरे। विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच एकता हुने सम्भावना छ कि छैन भन्ने जिज्ञासामा प्रधानले अहिले साझा पार्टीको ध्यान कसैसँग एकता गर्नतिर नगएको बताए। ‘अहिले हाम्रो ध्यान एकतातिर गएको छैन,’ उनले भने, ‘विवेकशील साझा पार्टीलाई जनताको विश्वासको जगमा बसाउनेतिर ध्यान छ। तर भविष्यमा भन्न सकिन्न, सिद्धान्त, आदर्श र कार्यक्रम मिलेमा एकता पनि हुन सक्छ।’

पार्टीका अर्का केन्द्रीय सदस्य एवं कृषि विभाग प्रमुख धनेज थापाले आफ्नो पार्टी २०७४ सालमा स्थापना हुँदा जुन सिद्धान्त, आदर्श र कार्यक्रम लिएर आएको थियो, आज पनि त्यही स्थानमा उभिएको बताए।

बागमती प्रदेश अधिवेशनमा अतिथिको रूपमा नेकपा एमालेका तर्फबाट केशव पाण्डे, नेकपा माओवादीबाट सरल सहयात्री पौडेल, नेपाली कांग्रेसबाट इन्द्र बानियाँ, रास्वपाबाट सन्तोष परियारलगायत हुनेछन्।

प्रकाशित: ७ भदौ २०८० २०:३४ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast