विवेकशील साझाले उपराष्ट्रपतिलाई बुझायो सुगौली सन्धिअघिको नक्सा

हिमाल प्रेस १७ साउन २०८० ९:०९ | Wednesday, August 2, 2023
विवेकशील साझाले उपराष्ट्रपतिलाई बुझायो सुगौली सन्धिअघिको नक्सा

काठमाडौँ- विवेकशील साझा पार्टीले सुगौली सन्धिभन्दा अघिको नेपालको ‘सांस्कृतिक मानचित्र’ तयार पारेर उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बुझाएको छ।

विवेकशील साझाका अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, महासचिव रञ्जु दर्शनालगायत नेताहरूले मंगलबार उपराष्ट्रपति यादवलाई भेटेर मानचित्र बुझाएका हुन्।

‘अखण्ड, स्वायत्त एवं सार्वभौम नेपालको गौरवमय इतिहास झल्काउँदै नयाँ पुस्तामा देशभक्तिको भावना आत्मसात् गराउन’ पार्टीले प्रकाशन गरेको नेपालको सांस्कृतिक मानचित्र उपराष्ट्रपतिलाई हस्तान्तरण गरेको प्रवक्ता आशुतोष प्रधानले बताए।

मानचित्र हस्तान्तरणसँगै नयाँ अभियान सुरु गरिएको उनको भनाइ छ

उनका अनुसार नेपालको सुगौली सन्धिअघिको भू–भाग र वर्तमान भू–भागमा रहेका सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक धरोहरलाई समेटेर मानचित्र निर्माण गरिएको छ। त्यसमा सगरमाथा, बौद्ध स्तुपा, पशुपतिनाथदेखि काँक्रेविहारसम्मका पुरातात्त्विक महत्त्वका सम्पदा समेटिएका छन्।

‘गौरवमय इतिहासमा मानसरोवरदेखि गंगा मैदानसम्मका धरोहरलाई नक्सांकन गरिएको छ। धरातलीय यथार्थमा नेपालको वर्तमान राजनीतिक नक्साभित्र रहेका सांस्कृतिक, पुरातात्त्विक सम्पदालाई झल्काइएको छ,’ उनले भने।

सरकारले निर्वाह गर्नुपर्ने दायित्व स्मरण गराउँदै नेपालको सांस्कृतिक मानचित्र सार्वजनिक गरेर सरोकारवालाहरूलाई स्मरण गराउने अभियान सुरु गरिएको विवेकशील साझाले जनाएको छ।

प्रकाशित: १७ साउन २०८० ९:०९ | Wednesday, August 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast