 
                             
                                            काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी साधनको प्रयोग बढाउने उद्देश्यले शनिबार र्याली आयोजना गरेको छ। देशभित्रै उत्पादित स्वच्छ हरित ऊर्जाको खपत मुलुकभत्रिै बढाउने उद्देश्यले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्न र्याली आयोजना गरिएको हो।
प्राधिकरणको ३८औँ वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार जनचेतना मुलुक र्याली सम्पन्न गरिएको प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणको प्रधान कार्यालय रत्पार्कबाट सुरु भएको विद्युतीय सवारी साधनको र्याली माइतीघर, नयाँबानेश्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्पार्क पुगेर समापन गरिएको हो।
र्यालीको उद्घाटन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामाग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने नीति सरकारको रहेको बताए।

उनले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारी साधन र सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए। कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एसोसिएसनका अफ नेपालका पदाधिकारी, विद्युतीय सवारी साधनका प्रयोकर्ता लगायतको उपस्थिति थियो।
र्यालीमा मन्त्री बस्नेत, सचिव घिमिरे, प्राधिकरण सञ्चालक समितिका सदस्यहरू, कार्यकारी निर्देशक घिसिङलगायत सहभागी थिए। प्राधिकरणले सहरी क्षेत्रका लागि विद्युतीय गाडीमात्रै किन्ने नीति लिएको छ। पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई समेत विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको प्राधिकरणले जानकारी दिएको छ।
प्राधिकरणले विद्युत् खपत बढाउन तथा विद्युतीय सवारी साधन प्रोत्साहन गर्न देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन बनाएको छ। थप १३ वटाको निर्माण प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जानकारी दिएको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 