 
                             
                                            काठमाडौँ- त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)ले गरेको शुल्कवृद्धिको विरुद्धमा अनशन बसिरहेका सुलभ चापागाईँले ९ दिनपछि तोडेका छन्।
त्रिवि र विद्यार्थी संगठनबीच सहमति भएसँगै बुधबार बेलुकाबाट चापागाईँले अनशन तोडेका हुन्।
बुधबार त्रिविका पदाधिकारी र विद्यार्थी संगठनका पदाधिकारीबीच त्रिविमा भएको वार्तामा पाँच बुँदे सहमति भएको थियो। सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले गरेको हालको शुल्क वृद्धि फिर्ता लिन निर्देशन दिने निर्णय भएको छ।
यसका लागि विद्यार्थी प्रतिनिधिसहित समिति गठन हुने र त्यसले सात दिनभित्रमा प्रतिवेदन पेस गर्ने र प्राप्त सुझावका आधारमा कायम गरिने शुल्कलाई लागू गर्न सबै पक्ष सहमत निर्णय पनि भएको त्रिविले जनाएको छ।
नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी यूनियन र विप्लव निकट अखिल क्रान्तिकारीसँग त्रिविले सहमति गरेको थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 