 
                             
                                            काभ्रेपलाञ्चोक- पाँचखाल नगरपालिकाले उच्च शिक्षा हासिल गरिरहेका विद्यार्थीलाई ‘समर प्रोगाम’मार्फत समुदाय, उद्योग र शैक्षिक संस्थालाई जोडेर विद्यार्थीको सिकाइलाई सीपोन्मुख बनाउन अभियान थालेको छ।
यसका लागि नगरले ‘कम्युनिभर्सिटी समर प्रोग्राम’को पहिलो संस्करण पाँचखालमा सम्पन्न गरेको हो। विद्यार्थीका अतिरिक्त क्रियाकलापका सिकाइलाई समाज र सीपउन्मुख बनाउने उद्देश्यले आयोजित अभियान कार्यक्रमले पाँचखाल नगरका विकासका मुद्दालाई सहभागी विद्यार्थीको अध्ययन–अनुसन्धान नगरका लागि ठूलो उपलब्धि हुने अपेक्षा गरिएको छ।
‘शिक्षाको ‘हब’ बनाउने उद्देश्य लिइएको पाँचखाल नगरलाई शैक्षिक संस्थाको सहकार्य एक मानकको रूपमा स्थापित हुनेछ,’ नगरप्रमुख महेश खरेलले भने। उनका अनुसार नगरलाई शिक्षामा नवीनतम् प्रयास गर्न अभियान अर्को एक कदम हुने भएकाले यसलाई नीतिगत तहबाट नै संस्थागत गर्दै लगिनेछ।
पाँचखाल नगर र किंग्स कलेजको संयुक्त आयोजनामा पाँचखालका १२ सहित अन्य जिल्लाका १९ विद्यार्थी सहभागी ६० दिने ‘कम्युनिभर्सिटी समर प्रोग्राम’को पहिलो संस्करण सकिएको हो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 