‘वरदान सुर संध्या’मा प्रकाश सपुतदेखि स्वस्तिमा खड्कासम्म

हिमाल प्रेस १० भदौ २०८० ११:५९ | Sunday, August 27, 2023
‘वरदान सुर संध्या’मा प्रकाश सपुतदेखि स्वस्तिमा खड्कासम्म

काठमाडौँ- सांगीतिक कार्यक्रम ‘वरदान सुर संध्या’ हुने भएको छ। कार्यक्रममा प्रकाश सपुत, इन्दिरा जोशी, स्वप्न सुमनलगायत गायकगायिकाको सांगीतिक प्रस्तुत रहनेछ। त्यस्तै प्रदीप खड्का, स्वस्तिमा खड्कालगायत कलाकार पनि कार्यक्रममा हुनेछन्।

सैनिक श्रीमती संघले आयोजना गरेको कार्यक्रम आगामी असोज ५ मा हुनेछ। त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा हुने कार्यक्रम ‘वरदान फरक क्षमता दिवा विद्यालय’को सहयोगार्थ गरिँदै छ। फरक क्षमता भएका बालबालिकाहरूको लागि सो विद्यालय स्थापना गरिनेछ।

असोज ५ मा बेलुका साढे ४ बजे हुने कार्यक्रमको टिकट भद्रकालीस्थित सैनिक श्रीमती संघको कार्यालयमा पाइनेछ। टिकटको मूल्य पाँच हजारदेखि ११ हजार रुपैयाँ रहेको छ।

प्रकाशित: १० भदौ २०८० ११:५९ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast