काठमाडौँ- लोकसेवा आयोगले ३६० जना हलुका सवारी चालक पदमा कर्मचारी मागेको छ।
बुधबार आयोगले प्रकाशित गरेको सूचनाअनुसार तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
सूचनाअनुसार परीक्षाको किसिम प्रयोगात्मक र अन्तरवार्ता हुनेछ । दरखास्तको मिति भदौ १९ देखि भदौ २६ सम्म तोकिएको छ ।

प्रकाशित: ३१ साउन २०८० ७:५३ | Wednesday, August 16, 2023
प्रतिक्रिया



