लियाम निसनको ‘रिट्रिब्युसन’ आजदेखि हलमा

हिमाल प्रेस ८ भदौ २०८० १६:३८ | Friday, August 25, 2023
लियाम निसनको ‘रिट्रिब्युसन’ आजदेखि हलमा

काठमाडौँ- हलिउड अभिनेता लियाम निसनको फिल्म ‘रिट्रिब्युसन’ प्रदर्शनमा आएको छ।। पारिवारिक सुरक्षाको कथामा आधारित एक्सन थ्रिलर फिल्मका निर्देशक निम्रोद अन्टाल हुन्।

फिल्ममा मुख्य पात्रले आफ्नो परिवारलाई बचाउन आफ्नै साथीको हत्या गर्नुपर्ने कथा फिल्ममा देखाइएको छ।

‘टेकन’, ‘सिन्डलर्स लिस्ट’ लगायत फिल्ममा काम गरेका ७१ वर्षाीय निसन एक्सन हिरोका रूपमा प्रसिद्ध छन्। ‘टेकन’ उनको सर्वाधिक रुचाइएको फिल्म हो।

हलिउडका चर्चित यी अभिनेता नेपाल आउने समाचार केही समयअघि हलिउड इन्टरटेनमेन्ट पत्रिका ‘डेडलाइन’ले  छापेको थियो। उनी आफ्नो नयाँ फिल्म ‘द आइस रोड २ : रोड टू द स्काई’का लागि नेपाल आउने पत्रिकाले खुलाएको थियो।

सन् २०२१ मा प्रदर्शनमा आएको फिल्म ‘द आइस रोड’को यो दोस्रो भाग हो। जसमा उनी आइस रोड चालक माइक म्याकनको भूमिकामा देखिनेछन्। जसले आफ्नो स्वर्गीय भाइको अन्तिम इच्छालाई सम्मान गर्छ। भाइको अस्तु सेलाउन म्याकन नेपालको यात्रामा निस्किन्छ। यही कथामा आधारित फिल्मको छायांकनका लागि निसन नेपाल आउने पत्रिकाले जनाएको थियो।

प्रकाशित: ८ भदौ २०८० १६:३८ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast