लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो

हिमाल प्रेस २९ साउन २०८० १७:०३ | Monday, August 14, 2023
लाङटाङ हाइड्रोपावरको सुरुङ निर्माण सकियो

काठमाडौँ– रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजनाको सुरुङ निर्माण सकिएको छ।
गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेसीस्थित लाङटाङ खोलामा बनिरहेको आयोजनको मुख्य सुरुङ ३.८ किलोमिटर छ।

आयोजना निर्माण सुरु दुई वर्षअघि भएको थियो। अहिलेसम्म आयोजनाको भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६५ प्रतिशत छ।
आयोजनाको सबै प्याकेजको निर्माण वाइवा इन्फ्राटेकले लिएको छ। लक्ष्मी सनराइज बैंकको नेतृत्वमा कुमारी र सिद्धार्थ बैंक तथा आरएम समूहको लगानीमा आयोजनाको वित्तीय व्यवस्थापन गरिएको छ।

आयोजनाको लागत २ अर्ब ७३ करोड छ। जसमा लक्ष्मी सनराइज बैंकले १ अर्ब ५० करोड, सिद्धार्थ बैंकले ५४ करोड, कुमारी बैंकले ३० करोड र बाँकी आरएम समूहले लगानी गर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।

प्रकाशित: २९ साउन २०८० १७:०३ | Monday, August 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast