ललितानिवास प्रकरण : सीआईबीले सरकारी वकिललाई बुझायो प्रतिवेदन(तस्बिरहरू)

हिमाल प्रेस ५ भदौ २०८० १२:५३ | Tuesday, August 22, 2023
ललितानिवास प्रकरण : सीआईबीले सरकारी वकिललाई बुझायो प्रतिवेदन(तस्बिरहरू)

काठमाडौँ- काठमाडौँको बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बुझाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरा (सीआईबी) ले प्रतिवेदन मंगलबार वकिलको कार्यालयमा  बुझाएको हो।

सीआईबीले पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदारसहित साढे २ सय जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको बताइएको छ।

मुद्दा चलाउन सिफारिस गरिएका गच्छदारसहित पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बरबहादुर श्रेष्ठ, पूर्वराज्यमन्त्री सञ्जय साह, पूर्वसचिवहरू दिनेशहरि अधिकारी, दीप बस्न्यात, छविराज पन्त, नारायणगोपाल मलेगो, युवराज भुसालसहित छन्।

जग्गा हिनामिना प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई प्रतिवादी नबनाई साक्षीका रूपमा मात्र राखिएको छ।

सर्वोच्च अदालतले साउन २१ गते ललिता निवास जग्गा प्रकरणमा आदेशपछि उक्त प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराई तानिएका थिए। सर्वोच्चले प्रधानमन्त्री निवास रहेको बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्‍याउन मन्त्रिपरिषद्बाटै भएका निर्णयमाथि छानबिन गर्न आदेश दिएको थियो।

 

प्रकाशित: ५ भदौ २०८० १२:५३ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast