लम्पी स्किनबाट ५२ हजार ४४८ पशुको मृत्यु

हिमाल प्रेस ७ भदौ २०८० १६:४२ | Thursday, August 24, 2023
लम्पी स्किनबाट ५२ हजार ४४८ पशुको मृत्यु बेदुराम भुसाल

काठमाडौँ- लम्पी स्किन रोगबाट विगत पाँच महिनामा देशभरमा गरी ५२ हजार ४४८ पशुको मृत्यु भएको छ। कृषिमन्त्री बेदुराम भुसालले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै यस्तो जानकारी दिएका हुन्।

१४ लाख ४६ हजार ४५९ पशु बिरामी भएकामा १२ लाख ८८ हजार ७५९ निको भएको उनको भनाइ छ। यसैगरी १ लाख ५ हजार २५३ पशु बिरामी रहेको उनले बताए।

तीनै तहका सरकारबाट संकलित तथ्यांकका आधारमा यस्तो विवरण आएको उनको भनाइ छ। मन्त्री भुसालले रोग उपचार र नियन्त्रणका लागि सरकारले भरभग्दुर प्रयास गरिरहेको जानकारी दिए। यस्तै बिरामी पशुका लागि विभिन्न देशबाट खोप आयात भइरहेको पनि उनले बताए।

प्रकाशित: ७ भदौ २०८० १६:४२ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast