लडेर घाइते प्रहरी जवानको उपचार गरेर फर्किँदा ढुंगाले लागेर ज्यान गयो

हिमाल प्रेस २६ साउन २०८० १८:०८ | Friday, August 11, 2023
लडेर घाइते प्रहरी जवानको उपचार गरेर फर्किँदा ढुंगाले लागेर ज्यान गयो प्रतीकात्मक तस्बिर।

काठमाडौँ- नेपाल प्रहरीका एक जवानको भीरबाट खसेको ढुंगाले लागेर मृत्यु भएको छ। गएराति हेटौँडाबाट प्रहरी कार्यालय भीमफेदी आउँदै गर्दा बुलबुलेमा पहिरोसँगै खसेको ढुंगाले लागेर २२ वर्षका कृतिबहादुर नेपालीको मृत्यु भएको हो।

गएराति ८ः३५ बजेको समयमा ड्युटीमा रहेका उनी चिप्लिएर लडेर घाइते भएका थिए। उनलाई उपचारको लागि मोटरसाइकलमा राखेर हेटौंडा पठाइएको र उपचार गरेर फर्कने क्रममा बाटोमाथिको भीरबाट खसेको ढुंगाले टाउकोमा लागेको थियो। टाउकोमा गम्भीर चोट लागेपछि उनलाई फेरि उपचारका लागि अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।

प्रकाशित: २६ साउन २०८० १८:०८ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast