लक्ष्मी गिरी र शिव श्रेष्ठलाई ‘दीर्घ साधना सम्मान’

हिमाल प्रेस १० भदौ २०८० १३:२२ | Sunday, August 27, 2023
लक्ष्मी गिरी र शिव श्रेष्ठलाई ‘दीर्घ साधना सम्मान’

काठमाडौँ- चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान वितरण गर्ने भएको छ। बोर्डले २०७८ र २०७९ सालको सम्मान र पुरस्कार एकसाथ प्रदान गर्नेछ।

दीर्घ साधना सम्मानबाट लक्ष्मी गिरी र शिव श्रेष्ठलाई सम्मानित गरिनेछ। बोर्डले गिरी २०७८ सालको र श्रेष्ठलाई २०७९ सालको सम्मान दिने जनाएको छ। विशेष योगदान सम्मान ३५ जनालाई प्रदान गर्ने बोर्डले निर्णय गरेको छ। विशेष योगदान सम्मान निर्देशक, निर्माता, कलाकार, प्राविधिकलाई प्रदान गरिँदैछ।

पुरस्कार तथा सम्मान कार्यक्रम भदौ १२ मा राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ। बोर्डले एक विज्ञप्ति जारी गर्दै कार्यक्रमबारे जानकारी गराएको छ। त्यस्तै बोर्डले दीर्घ साधना सम्मान र विशेष योगदान सम्मानबाट सम्मानित हुनेको सूची सार्वजनिक गरेको छ।

 

प्रकाशित: १० भदौ २०८० १३:२२ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast