काठमाडौँ- मोटरसाइकल उत्पादक कम्पनी, ‘रोयल इनफिल्ड’को ‘लेडी राइडर्स मिट’ सम्पन्न गरिएको छ। नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभले उक्त कार्यक्रम गरेको हो।
कार्यक्रममा रोयल इन्फिल्डका महिला राइडरहरूको सहभागीता थियो। साउनमा मेहन्दी संस्कृति संरक्षण गर्ने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जानकारी दिएको छ। यसबाट महिला सशक्तीकरण, सडक सुरक्षासम्बन्धी जनचेतनालगायतमा सहयोग पुगेको कम्पनीको भनाइ छ।
प्रकाशित: २८ साउन २०८० २०:०८ | Sunday, August 13, 2023
प्रतिक्रिया



