 
                             
                                            काठमाडौँ- गत आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत वर्ष १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्समार्फत मुलुक भित्रिएको हो।
आव २०७८/७९ मा रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको थियो। गत आवमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगततर्फ नयाँ श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको छ। गत वर्ष ४ लाख ९७ हजार ७०४ जनाले नयाँ श्रम स्वीकृति लिएका छन्।
त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ७७ हजार २७२ पुगेको छ। यसरी नयाँ र पुनः गरी गत आवमा करिब ७ लाख ७५ हजार जनाले श्रम स्वीकृति लिएका छन्।
                            प्रकाशित: १ भदौ  २०८० १५:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 