 फाइल तस्बिर: आजतक
                             फाइल तस्बिर: आजतक
                                            नयाँ दिल्ली- भारतको उत्तरपूर्वी राज्य मणिपुरमा शुक्रबार बन्दुकधारी समूहले ३ जना कुकी समुदायका नागरिकको हत्या गरेको छ। मणिपुरको राजधानी इम्फालबाट करिब ३३ किलोमिटर उत्तरपूर्वमा रहेको उखरुल जिल्लाको थोवाई कुकी गाउँमा दिउँसो पुरुषहरूलाई गोली हानी हत्या गरिएको प्रहरीले जानकारी दिएको छ।
‘गाउँको पूर्वमा रहेको पहाडबाट हतियारधारी आतंककारीहरूको समूह गाउँमा पसेर गाउँका गार्डहरूमाथि गोली चलाउन थाले। घटनामा गाउँका ३ जनाको मृत्यु भएको छ,’ उखरुलका एक वरिष्ठ प्रहरी अधिकारी निङ्शेम वासुमले बताएका छन्।
ती मारिएका मानिसहरूले गाउँको सुरक्षा माग गरिरहेको अवस्थामा हत्या गरिएको हो। हत्यापछि भारतीय सेना आक्रमणकारीलाई पक्राउ र्गन त्यहाँ पुगेका थिए।
बहुसङ्ख्यक मानिएको मेइती समूह र आदिवासी कुकी समुदायबीच जातीय हिंसामा हालसम्म मणिपुरमा १५० भन्दा बढीको ज्यान गएको छ। भीडले तोडफोड र आगजनी गरेको छ। सयौं घर र पसलहरू जलाइएको छ। यस घटनालाई लिएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चर्को आलोचना भइरहेको छ।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![लैङ्गिक हिंसाविरुद्ध सचेतनामूलक कला प्रदर्शन  [फोटो फिचर]](https://himalpress.com/wp-content/uploads/2023/11/ban-natak-10.jpg) 
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 