रिक्त रहेका जिल्लामा महिला संघका अध्यक्ष मनोनीत

हिमाल प्रेस १७ साउन २०८० १९:१३ | Wednesday, August 2, 2023
रिक्त रहेका जिल्लामा महिला संघका अध्यक्ष मनोनीत

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले रिक्त रहेका चार जिल्लामा अध्यक्ष मनोनीत गरेको छ। संघले सोलुखुम्बु, सिरहा, बारा र पर्सामा अध्यक्ष मनोनीत गरेको हो।

सोलुखुम्बु अध्यक्षमा सरला नाछिरिङ राई, सिरहामा धनगढीमाई नगरपालिकाकी उपमेयर संगिता कुमारी चौधरी मनोनीत भएका छन्। बारामा कलावतिदेवी पासवान र पर्सामा किरणकुमारी शर्मा अध्यक्षमा मनोनीत भएका छन्।

संघकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले मनोनीत सबै जिल्ल्ला अध्यक्षलाई जिम्मेवारी दिइसकेको जानकारी दिइन्।

प्रकाशित: १७ साउन २०८० १९:१३ | Wednesday, August 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast