राप्रपा नेपाल : केन्द्रीय समिति बैठकका एजेण्डा पारित

हिमाल प्रेस ४ भदौ २०८० २०:४९ | Monday, August 21, 2023
राप्रपा नेपाल : केन्द्रीय समिति बैठकका एजेण्डा पारित

काठमाडौँ- राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज (सोमबार) बसेको छ। पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भदौ ७ र ८ गते काठमाडौँमा बोलाइएको केन्द्रीय समिति बैठकका एजेन्डाहरू पारित गरेको हो।

अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिवेदन पेस गर्न उपाध्यक्ष प्रा।डा। विष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनलाई अनुमोदन गरी केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

यसै गरी बैठकमा संगठनसम्बन्धी प्रतिवेदन महामन्त्री एवं विभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नुका साथै पूर्व मुमा बडामहारानी रत्नको जन्मोत्सवको अवसरमा शुभकामना व्यक्त गर्ने प्रस्तावसमेत पास गरिएको प्रवक्ता वसन्तमानसिंह अधिकारीले बताए। उनका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक विषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिति पनि गठन गरिएको छ।

बैठकमा आन्दोलनको तयारी र राष्ट्रवादी प्रजातान्त्रिक शक्तिहरूलाई एकै ठाउँमा ल्याउने विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित: ४ भदौ २०८० २०:४९ | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast