राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि

हिमाल प्रेस ७ भदौ २०८० ८:०२ | Thursday, August 24, 2023
राप्रपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि राप्रपा नेपालका अध्यक्ष कमल थापा।

काठमाडौँ- राप्रपा नेपालको केन्द्रीय कार्य समितिको बैठक बिहीबारदेखि सुरु हुने भएको छ।

काठमाडौँमा शुक्रबारसम्म चल्ने बैठकका लागि राप्रपा नेपालले यसअघि नै कार्यसम्पादन समितिको बैठकबाट एजेन्डा तय गरिसकेको छ ।

महामन्त्री राजाराम बर्तौलाका अनुसार अध्यक्ष कमल अध्यक्ष थापाको राजनीतिक कार्यपत्रसँगै राजसंस्थाको विषयमा पार्टीको आधिकारिक धारणाबारे प्रतिवेदन प्राडा विष्णु भण्डारीले पेस गर्नेछ।

यसैगरी बैठकमा संगठन सम्बन्धी प्रतिवेदन महामन्त्री एवम् विभाग प्रमुख बर्तौला, आर्थिक प्रतिवेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले प्रस्तुत गर्नेछन्।

प्रकाशित: ७ भदौ २०८० ८:०२ | Thursday, August 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast