राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन।
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विश्वासको मत लिने दिनको टुंगो लागेसँगै कोशी प्रदेशमा बहुमत जुटाउन सत्ता गठबन्धन दलका नेताहरूले चलखेल सुरु गरेको बताएका छन्।
उनले विश्वासको मत दिने सांसदलाई १० करोड रुपैयाँसँगै मन्त्री पदको लोभ देखाइएको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरूको घरदैलोमा गएर मन्त्री र १० करोडको प्रस्ताव गर्दै छन् भन्ने हल्ला काठमाडौँसम्मै आइपुग्यो त।’
प्रकाशित: २ भदौ २०८० १३:५८ | Saturday, August 19, 2023
प्रतिक्रिया




