राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो होइन : नेता कोइराला

हिमाल प्रेस २७ साउन २०८० १८:०१ | Saturday, August 12, 2023
राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो होइन : नेता कोइराला फाइल तस्बिर।

भक्तपुर- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिमा प्रतिशोध साध्ने प्रवृत्ति राम्रो नभएको बताएका छन्। भक्तपुरको कौशलटारमा नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले शनिबार आयोजना गरेको क्षेत्रीय सभामा उनले राजनीतिमा हुने प्रतिशोधले व्यक्ति मात्रै नभई पार्टी र देशलाई नै क्षति पुर्‍याउने बताए।

सुन काण्डका बारेमा बोल्दा सरकारले सांसद सुनिल शर्मामाथि प्रतिशोध साधेको नेता कोइरालाको आरोप थियो। प्रतिशोधको भावना सुरू भए राजनीति नै नरहने र त्यसले व्यक्ति, दल र देशलाई क्षति पुर्‍याउने उनको भनाइ थियो।

राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहतमा राख्न नहुने नेता कोइरालाले बताए। कार्यक्रममा कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ, केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापा, बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठलगायतकाे उपस्थिति थियाे।

प्रकाशित: २७ साउन २०८० १८:०१ | Saturday, August 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast