यो देशलाई केही वर्षभित्रै राजसंस्था सहितको हिन्दू राज्य बनाउँछौँ : कमल थापा

हिमाल प्रेस ८ भदौ २०८० १९:३२ | Friday, August 25, 2023
यो देशलाई केही वर्षभित्रै राजसंस्था सहितको हिन्दू राज्य बनाउँछौँ : कमल थापा राप्रपा नेपालका अध्यक्ष कमल थापा।

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही वर्षभित्रै देशमा राजसंस्था पुन:स्थापना गर्ने घोषणा गरेका छन्। आज शुक्रबार काठमाडौँमा केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै उनले राजासहितको हिन्दू राष्ट्र बनाउने घोषणा गरेका हुन्।

‘केही वर्षभित्रमा नै राजसंस्था पुन: स्थापना गर्नेछौं र नेपाललाई हिन्दु राष्ट्र बनाउनेछौँ। राजसंस्थाको एजेण्डालाई मुख्य एजेण्डा बनाउने र त्यो एजेण्डा पूरा गर्न आन्दोलनको घोषणा रहर पूरा गर्न मात्र होइन,’ उनले भने।

उनले आफूहरूको आन्दोलन लहडको नभई राष्ट्रलाई माया गर्नेहरूको नेतृत्वको रुपमा हुने पनि बताए। अध्यक्ष थापाले तीन दलका शीर्ष नेताहरूलाई विगतका घटनाक्रमबारे आत्मसमीक्षा गर्न पनि आग्रह गरेका छन्। उनले अहिलेको अवस्थाबारे पुनर्विचार गर्नका लागि आग्रह गरेका हुन्।

‘म तीन दलका नेतालाई पनि स्वयं प्रचण्ड, देउवा र ओलीहरूलाई पनि देशको अवस्थाबारे इमान्दारीपूर्वक समीक्षा गर्न आग्रह गर्न चाहन्छु। कुनै पनि देशको निमित्त व्यवस्था साध्य होइन साधन मात्रै हो। साध्य त हाम्रो राष्ट्रिय, प्रजातन्त्र, जनसम्प्रभुता र मुलुकको आर्थिक विकास हाम्रो साध्य हो,’ उनले भने, ‘यो पूरा गर्न व्यवस्था र तन्त्रलाई साधनको रूपमा मात्रै ग्रहण गरेका छौँ। यदि आफ्नो लक्ष्य र साध्य पूरा गर्ने क्रममा साधन असफल भयो। भने त्यो साधनलाई परिवर्तन गर्ने हिम्मत गर्नुपर्दछ। यदि तपाईहरू राष्ट्रको अस्तिव जोगाउन चाहनुहुन्छ भने प्रजातन्त्रलाई बलियो बनाउने, सुशासन कायम गरेर देशमा आर्थिक समृद्धि कायम गर्न चाहनुहन्छ भने आफ्ना पूर्वाग्रहबाट मुक्त भएर नयाँ नेपाल निर्माण गरेर सबै नेपाली अटाउने व्यवस्था पुनर्विचार गर्न आग्रह गर्दछु।’

प्रकाशित: ८ भदौ २०८० १९:३२ | Friday, August 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast