यी हुन् १० संसदीय समितिमा सभापतिका उम्मेदवार

हिमाल प्रेस १० भदौ २०८० १५:२० | Sunday, August 27, 2023
यी हुन् १० संसदीय समितिमा सभापतिका उम्मेदवार

काठमाडौँ– प्रतिनिधिसभाअन्तर्गत १० वटा विषयगत समितिका लागि १० सांसदले उम्मेदवारी दर्ता गरेका छन्। सत्तापक्षी र प्रतिपक्षी दलले भागबन्डा गरेर साझा उम्मेदवारी खडा गरेका हुन्।

कानुन, न्याय तथा मानवअधिकारको सभापतिमा नेकपा (माओवादी केन्द्र)की विमला सुवेदी, लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेल, महिला समितिको सभापतिमा पनि एमालेका किरणकुमार साहको उम्मेदवारी दर्ता भएको छ।

त्यस्तै उद्योग, वाणिज्य तथा श्रम उपभोक्त हित समितिको सभापतिमा जनमत पार्टीबाट उम्मेदवारी परेको छ। जनमतबाट पूर्वखानेपानीमन्त्री अब्दुल खानले उम्मेदवारी दर्ता गराए। त्यस्तै सोही समितिमा रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेका छन्।

स्वास्थ तथा शिक्षा समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उमेदवारी दर्ता गराएका छन् भने पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको उमेदवारी परेको छ।

यता राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कांग्रेसबाटै आरजु राणा देउवाको उम्मेदवारी परेको छ। त्यस्तै अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापतिमा जसपाका राजकिशोर यादवको उम्मेदवारी परेको छ।

प्रकाशित: १० भदौ २०८० १५:२० | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast