मोहन बगानसँग भिड्दै मछिन्द्र

हिमाल प्रेस ३१ साउन २०८० ८:०७ | Wednesday, August 16, 2023
मोहन बगानसँग भिड्दै मछिन्द्र

काठमाडौँ- एएफसी कप छनोटको प्रारम्भिक चरणको दोस्रो खेलमा नेपालको ए डिभिजन क्लब मछिन्द्र एफसीले आज भारतको आइएसएल क्लब मोहन बगानसँग खेल्दैछ।

खेल कोलकतास्थित साल्ट लेक स्टेडियममा नेपाली समय अनुसार राति सवा ७ बजे सुरु हुनेछ।

शहीद स्मारक ए डिभिजन लिगमा मछिन्द्र उपविजेता बनेपनि च्याम्पियन चर्च ब्वाइजसँग एएफसी क्लब लाइसेन्स नभएपछि लगातार दोस्रो पटक महादेशीय प्रतियोगितामा खेल्ने अवसर पाएको हो।

गत साता काठमाडौंमै भएको पहिलो चरणको खेलमा मछिन्द्रले भुटानको पारो एफसीलाई पराजित गर्दै मोहन बगानसँगको भेट पक्का गरेको हो । मोहन बगानले सिधै दोस्रो चरण खेल्न लागेको हो ।

यस खेलको विजेताले प्लेअफ फाइनलमा बंगलादेशको अबहानी र माल्दिभ्सको क्लब इगल्सबीचको विजेतासँग खेल्नेछ। प्लेअफको विजता टोली साउथ एसियन जोनबाट एएफसी कपको समूह चरणमा पुग्नेछ।

 

प्रकाशित: ३१ साउन २०८० ८:०७ | Wednesday, August 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast