मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

हिमाल प्रेस ११ भदौ २०८० ७:४७ | Monday, August 28, 2023
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ- पाल्पामा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

तानसेन-तम्घास सडक खण्डको अर्गलीस्थित पुरानो गाउँमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु४२प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

सोही मोटरसाइकल सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सल्यानको कालीमाटी गाउँपालिका वडानम्बर २ का अन्दाजी ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको छ।

दुर्घटनापछि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रकाशित: ११ भदौ २०८० ७:४७ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast