मुग्लिन-नारायणगढ सडक अझै अवरुद्ध

हिमाल प्रेस ५ भदौ २०८० १२:२७ | Tuesday, August 22, 2023
मुग्लिन-नारायणगढ सडक अझै अवरुद्ध फाइल तस्बिर।

काठमाडौँ- मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालन हुन अझै केही समय लाग्ने भएको छ। उक्त सडक खण्डको कालीखोला भन्ने स्थानमा सोमबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। रातिदेखि  लोडर र १ वटा स्काभेटरको प्रयोग गरी पहिरो हटाउने काम भइरहेको छ।

स्काभेटरका अपरेटर शम्भु बैठाले दिएको जानकारीअनुसार कालीखोलाको पहिरो हटाउन बढीमा १ घण्टा लाग्नेछ। त्यसपछि सडक दुवैतर्फ सञ्चालन हुने उनले बताए। सडक अवरुद्ध हुँदा दुवैतर्फ निकै टाढासम्म सवारीसाधन रोकिएका छन्।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलका अनुसार ढुंगा खसिरहेकाले पहिरो पन्छाउन समय लागेको हो। अहिले तीन लोडर र एउटा एक्साभेटरले पहिरो पन्छाउने काम गरिरहेको उनले बताए।

प्रकाशित: ५ भदौ २०८० १२:२७ | Tuesday, August 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast