‘मिस युनिभर्स नेपाल २०२३’ का २२ प्रतिस्पर्धी सार्वजनिक

हिमाल प्रेस २ भदौ २०८० ११:०८ | Saturday, August 19, 2023
‘मिस युनिभर्स नेपाल २०२३’ का २२ प्रतिस्पर्धी सार्वजनिक

काठमाडौँ- उमंग क्रियसनको आयोजनामा ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ का २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका छन्।

 पाँच सय जना प्रतिस्पर्धीमध्ये २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका हुन्।

जसमा देश विदेशमा रहेका नेपाली महिलाको सहभागिता थियो।

२२ जना मध्ये दुईजना विवाहित महिला र एक जना ट्रान्स महिलाको समेत सहभागिता् छ।

मिस युनिभर्स नेपाल २०२३ को फाइनल भदौँ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुने उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले बताए।

उनले प्रतिस्पर्धीलाई आत्मविश्वासका साथै सुन्दरीहरूको प्रतिमूर्तिका रूपमा स्थापित हुनका अवसर रहेको बताए।

प्रतिस्पर्धीहरूलाई प्रशान्त ताम्राकारको कोरियोग्राफिमा प्रस्तुत गरिएको थियो।

प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा. पुजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पूजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठको सहभागिता थियो।

प्रकाशित: २ भदौ २०८० ११:०८ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast