मार्तडी-कोल्टी सडक खण्डमा गएको पहिरो सेनाले पन्छ्याएपछि खुल्यो सडक

हिमाल प्रेस ४ भदौ २०८० १५:५० | Monday, August 21, 2023
मार्तडी-कोल्टी सडक खण्डमा गएको पहिरो सेनाले पन्छ्याएपछि खुल्यो सडक अवरुद्ध काेल्टी-मार्तडी खण्ड फाइल तस्बिर

काठमाडौँ- बाजुराको मार्तडी-कोल्टी सडकखण्डअन्तर्गत बडिमालिका नगरपालिका–७ मा गएको पहिरो नेपाली सेनाले पन्छ्याएको छ। पहिरो पन्छ्याएपछि सडक सूचारु भएर आवतजावत सहज बनेको छ। नेपाली सेनाले मुलुकका विभिन्न स्थानमा भएका विपद्का घटनामा उद्धार कार्य जारी रहेको जानकारी दिएको छ।

सेनाका अनुसार मकवानपुरको भीमफेदी गाउँपालिका-८ गंगाटेस्थित बागमती खोलाको खोचमा फेला परेको शवलाई खोचबाट निकालेर प्रहरीलाई बुझाइएको छ।

त्यस्तै बैतडीको दशरथचन्द नगरपालिका-४ शाहीलेकस्थित समृद्धि सुनचाँदी पसल र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१० हारसरमा रहेको परालको कुन्युमा भएको आगलागी नियन्त्रणमा लिइएको सेनाले बताएको छ।

त्यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका–२ रातामाटा गएको पहिरोले स्थानीयको घरहरूमा क्षति पुर्‍याउने देखिएकाले उक्त पहिरो तथा रुखहरू हटाइएको सेनाको भनाइ छ।

प्रकाशित: ४ भदौ २०८० १५:५० | Monday, August 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast