माओवादी लडाकु शिविरमा भएको घोटलालगायतको छानबिन गर्न उच्चस्तरीय आयोग बन्नुपर्छ : बाबुराम भट्टराई

हिमाल प्रेस २६ साउन २०८० १५:४५ | Friday, August 11, 2023
माओवादी लडाकु शिविरमा भएको घोटलालगायतको छानबिन गर्न उच्चस्तरीय आयोग बन्नुपर्छ : बाबुराम भट्टराई बुटवलमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै भट्टराई ।

काठमाडौँ– पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले भ्रष्टाचारको विषयमा देशका प्रमुख कार्यकारी माथि नै प्रश्न उठेकोले उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने बताएका छन्। आज शुक्रबार बुटवलमा पत्रकाहरूसँग कुरा गर्दै भट्टराईले विगतका आयोग जस्तो नभई बलियो र निष्पक्ष आयोग गठन गरी भ्रष्टाचारका सबै फाइलहरू खोल्नुपर्ने बताएका हुन्।

उनले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट)मा भएको घोटालासहित सबैको उच्चस्तरीय छानबिन गरिनुपर्ने बताए। ‘उच्चस्तरिय आयोग गठनका लागि संसदमा एमालेले उठाएको माग सैद्धान्तिक रूपले पनि ठिक छ, सबैलाई छानबिन गर्न सक्ने हैसियत भएको आयोग गठन गरेर सबै मुद्दाहरूको निष्पक्ष छानबिन गर्न जरूरी छ,’ भट्टराईले भने,’व्यक्ति-व्यक्तिलाई मात्रै कारबाही गरेर भ्रष्टाचार निर्मूल पार्न सम्भव हुँदैन, त्यसको लागि संरचनागत ढंगले नै लाग्नुपर्ने हुन्छ। आयोग बनाएर यति ओम्नीसँगै, लडाकु शिविर घोटलाको पनि छानबिन हुनुपर्छ।’

उनले आफू प्रधानमन्त्री हुँदा ललिता निवास प्रकरणबारे भएको निर्णयको भागिदार हुन तयार रहेको पनि बताए। भट्टराईले आफूले व्यक्तिगत निर्णय नगरी मन्त्रिपरिषद्‌बाटै निर्णय भएको पनि बताए। उनले भने, ‘ललिता निवासको विषयमा मेरो पालामा पनि एउटा सानो निर्णय भएको रहेछ, त्यो मेरो व्यक्तिगत कुरा थिएन, त्यसमा पनि छानबिन हुन्छ भने म सहयोग गर्न तयार छु।’

त्यस्तै उनले सय किलो सुन प्रकरणको विषयमा पनि उच्चस्तरीय छानबिन आयोग आवश्यक रहेको बताए।

प्रकाशित: २६ साउन २०८० १५:४५ | Friday, August 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast